• आइतबार-भदौ-२३-२०८१

अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा भाग लिन सिंगापुर जाने खेलाडीको बिदाइ

 

काठमाडौँ । यही जुलाई २७ र २८ गते आयोजना हुने छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई विदाइ गरेका हुन् ।

 

टोलीमा पाँच जना महिला र छ जना पुरुष खेलाडी छन् । टिम प्रशिक्षकमा विशाल थापा रहेका छन्, जसलाई उसु महासंघका महासचिव नवराज ढुंगानाले जानकारी दिएका छन् । बिदाइ गर्दै निमित्त सदस्य सचिव धमलाले खेलाडीहरूले देशको झण्डा उच्च राख्न अनुशासित भएर खेल्नुपर्ने बताए ।

 

सहभागी खेलाडीहरूमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले, एलिस मार्लीक, वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ, र यन्चेन्ला इलावा छन् ।

 

 

प्रतिकृया दिनुहोस