• आइतबार-भदौ-२३-२०८१

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै 


काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । 

 

बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । 

 

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ । केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस