• आइतबार-भदौ-२३-२०८१

महासचिव शंकर पोखरेलले एकलाैटी गरेपछि लुम्बिनी एमालेमा भाँडभैलाे सुरू

  लुुम्बिनीको राजकीय सत्तामा महासचिव शंकर पोखरेल हावी भएपछि एमालेभित्र दुईलाइन संघर्ष चर्किने संकेत देखिएको छ ।

 

उपाध्यक्ष विष्णु पौडेलनिकट सांसदलाई मन्त्री बनाउनबाट रोक्ने खेलमा महासचिव पोखरेल समूह सक्रिय भएको एमाले स्राेत बताउछ ।

 

दुईले नेताले लुम्बिनीमा दुई लाइनको समानान्तर सत्ताको अभ्यास गर्ने संभावना बढेको भन्दै एमालेमा अहिले गलत अभ्यास भएको पनि टिप्पणी हुन थालेको छ ।

 

पूर्वसहमति नै उल्लंघन भएको भन्दै सांसदहरुवीच भनाभन पनि सुरु भएको खबर छ ।


  स्रोतहरुका अनुसार, संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री नबनाएपछि ४ जना मन्त्रीमा दुई जना पौडेल समूहबाट बनाउने अनौपचारिक सहमति भएकाे थियो ।

 

पोखरेल समूहले अन्तिम समयमा एकजनालाई मात्रै मन्त्री बनाएका छन् । उक्त घटनापछि पौडेल र पोखरेल समूहवीच झन् विवाद बढ्न गएको स्राेत बताउछ ।


   प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितका नेताहरुले त्यसमा असहमति जनाएका छन् । र, संसदीय दलका नेता गिरीले राजीनामा समेत दिएका छन् ।

 

गिरीले राजीनाामा दिएपछि उपनेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ । तर, पार्टीभित्रको विवादले भने थप मलजल हुने मौका पाएको छ ।


    मुख्यमन्त्री आचार्यले पोखरेल समूहको सत्ता चलाउने र प्रदेश अध्यक्ष कँडेलले पौडेल समूहको सत्ता चलाउने अवस्था आएको छ ।

दुईले नेताले लुम्बिनीमा दुई लाइनको समानान्तर सत्ताको अभ्यास गर्ने संभावना बढेको भन्दै एमालेमा अहिले गलत अभ्यास भएको पनि टिप्पणी हुन थालेको छ ।

 

संसदीय दलको नेतालाई बाइपास गरेर अर्कोलाई अवसर दिनु गलत अभ्यास हुँदा पार्टीमा गुटबन्दी झांगिने एमालेकै नेताहरूले बताइरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस