• बुधबार-कार्तिक-७-२०८१

‘सहकारी क्षेत्रमा परेका समस्या समाधान गर्न १५ भन्दा बढी श्रृंखलामा छलफल गरिरहेका छौं’ : सहकारी छानविन समिति

 

काठमाडौं । संसदीय सहकारी छानविन समितिले सहकारी क्षेत्रमा देखा परेका समस्यामा १५ भन्दा बढी श्रृंखलामा छलफल गरेको जनाएको छ । 

 

समितिले राष्ट्र बैंकका गर्भनर, वित्तीय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रष्ट पारेको हो । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजनीति गर्ने कुरामा अग्रसर हुने बताए ।  


उनले भने, ‘यो संसदीय छानविन समिति हो, यसले कुनै उच्चस्तरीय सीआईबीको जस्तो काम गर्दैन । सुरक्षाकर्मीको जस्तो काम गर्दैन् तर यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ ।’ साथै, उनले सिंगो सहकारी क्षेत्र ठगीमा संगलग्न नभएको पनि जिकिर गरे । 

 

उनले भने, ‘सिंगो  सहकारी क्षेत्रमा यो समस्या छैन, हामीले सहकारी  क्षेत्रका ठूला व्यक्तित्वसँग पनि छलफल गरिसकेका छौं । उहाँहरूले राखेको राय अनुसार यो ३१ हजार ३ सय ७३ सहकारीको समस्या होइन तर यो केही मात्र सहकारीको समस्या हो ।’ 

 

बुधबारको बैठकमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उपप्रधान तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताए । 

 

प्रतिकृया दिनुहोस