• आइतबार-असार-१६-२०८१

मेलम्ची नदीमा एक महिलाको शव फेला

 

सिन्धुपाल्चोक, १३ असार : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । 


आज बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले जानकारी दिनुभयो । 

 

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 


यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडौँ पठाइएको  तिमिल्सेनाले जानकारी दिनुभयो ।
---

प्रतिकृया दिनुहोस