• आइतबार-भदौ-२३-२०८१

एमटी गणका प्रमुख र स्टाफहरुको चरित्रहत्या गर्ने काे हाे ?



साँघु न्यूज डटकममा २०८१ जेठ २० गते र साँघु साप्ताहिकको जेठ २८ गते अंक ८ मा प्रकाशित ‘सैनिक परिवहन गणमा चमत्कार होला, होसियार कर्साब ?’ शीर्षकको चिठीपत्रप्रति भ्रामक र चरित्रहत्या गर्ने काम भएकोले ध्यानकर्षणसहित खण्डन गरिएको छ । महिला भएकै कारण अनेक लाञ्छना लगाएर बद्नियतपूर्वक कपोलकल्पित चिठी तयार गरेर प्रमुख सेनानी प्रवीण खड्का, जमदार सानु खड्का र प्रमुख सुवेदार झपटबहादुर थापाको  बद्नाम गर्न खोजिएको छ ।


नेपाली सेनाको हेडक्वार्टर, प्रधानसेनापतिको नाकमुनीको थापाथली व्यारेक, एमटी, आपूर्ति तथा परिवहन हुँदै अहिले सैनिक परिवहन गण नामको पल्टनमा हाल रचनात्मक काम हुन थालेको हामीले महसुस गरेका छौं । प्रधानसेनापतिका स्टाफ रहेका सहायक रथी विष्णु खड्काका भतिज प्रमुख सेनानी प्रवीण खड्का, जमदार सानु खड्का र प्रमुख सुवेदार झपटबहादुर थापाको कार्यकालमा गणमा चमत्कार भएछ भने नौलो नमान्नु होला ।


यसको आँगनबाट प्रधानसेनापति दैनिक आवतजावत गर्नुहुन्छ । तर, गणका जवान के कति पेलानमा छन् ? गणभित्र के कस्ता कुरा पाकिरहेको छ ? गणले नेपाली सेनाकै बेइज्जत त गर्दै छैन भन्ने प्रकाशित समाचारमा सत्यता नरहेको जानकारी गराउँछौं ।


साँघुमा प्रकाशित चिठीमा भनिएको छ–‘यस गणका गणपति दुई वर्ष अघिदेखि सहायकरथी विष्णु खड्कालाई काका नाता लगाउने रामेछापका प्रबीण खड्का छन् । प्रमुख सुवेदार पोखराका झपटबहादुर थापा छन् । क्वार्टर मास्टर जमदार सानु खड्का रहेकी छिन् ।’


‘अब जमदार खड्काको कुरा गरौं  गणपति र सुबेदार मेजरलाई खड्काले राम्ररी परिचालन गर्नुभएको छ । मुख्य अधिकृत प्रवीण कर्साव भएपनि गण सञ्चालक त जमदार खड्का नै हुन भन्ने हामी सबैको ठहर छ । साथै हाम्रो आँखामा, महिलाको पद तलको भएपनि प्रभाव र पावर ठुलै हुने रहेछ भन्ने पनि छर्लङ्ग भएको छ’ भनेर विभिन्न आरोप लगाएर प्रकाशित गरिएको चिठीमा कुनै सत्यता नरहेको जानकारी गराउँदछौं ।


यस्तै, ‘भान्सामा, फ्युलमा उनकै प्रभाव छ, खटनपटन र हस्तक्षेप छ, शान्ति सेनामा खटाउने,  पठाउने छनोटमा गणभरिका सबैले उनकै नाम लिन्छन्, भनसुनमा उनकै पावर चल्छ । आखिर किन यस्तो चमत्कार हुन्छ हजुर ?’ प्रकाशित चिठीमा भनिएको छ, यसमा पनि सत्यता छैन । ‘द्वन्द्वकालमा उनका पति प्रहरीमा थिए, आन्तरिक गोलीबाटै मारिए । कुरा के हो, हामी धेरै जान्दैनौं’ भन्ने कुरा त शतप्रतिशत नै झुठो हो ।


 गणका तल्लोतहका जवानलाई दुःख नदिए हुने, सेनाका अफिसरकै कुरा कर्सा’वलाई नलाए हुने भन्ने हाम्रो चिन्ता र गुनासो भन्दै अविवाहित महिला माथि उल्लेख गरेको शब्दले व्यक्तिको सामाजिक इज्जत र प्रतिष्ठा माथि आँच पु¥याउने कार्य प्रकाशित चिठीमा झुठा कुरा किन गरियो भन्ने हाम्रो प्रतिप्रश्न रहेको छ ।


कतिसम्म भने कर्सा’वलाई गणका बारेमा जाहेर गरिरहेका प्र.सु.र अधिकृतले पनि सानु उनको कोठामा प्रवेश भएपछि बाहिरिनु पर्छ । गणमा सबै कुरा उनकै बोलीमा चल्छ । उनलाई मन नपरेका माथि जुनसुकै प्रकारको षडयन्त्र गरेर किन नहोस्, बेकुफ, गलत, चोर, अनुशासनहीनको बिल्ला लगाएर पाखा लगाउन सक्ने हिम्मत राख्नुहुन्छ भन्ने भ्रामक, कपोकल्पित र मनगढन्ते आरोप लगाइएको छ, यसप्रति खेद प्रकट गर्दछौं ।


‘एमटीगणका चमत्कारहरू धेरै छन्, बयान गरी साध्य छैन । वि.सं.२०५२ देखि एमटी आएका र ५५ देखि फ्युल वा एफ.ओ.एल.फाँटमा रहेका सुबेदार ध्रुव खत्री छन् । उनको सर्टिफिकेट अण्डर एसएलसी हो । तर, आर्जन भने भक्तपुर गुण्डुमा घर, गोकर्णमा करोड धन्दा बढीको घडेरी, निजगढमा करोडको घडेरी, बैंक खाता भरिपूर्ण बनाएका छन् भनेर गणमा खुब चर्चा हुन्छ’भनेर काल्पनिक आरोप लगाइएको छ ।


२०५५ सालदेखि कुवेत हात पारेका खत्री हालका गणपति प्रवीणलाई गाउँले हुन, मलाई कल्ले हल्लाउन सक्छ ? भनेर छाति पिट्छन् । खत्री उमेर हदले रिटायर्ड भएपछि पनि सायद यही फाँटमा काम पाउँछन् होला भन्ने चर्चा सवारी चालक र जवानहरूले गर्दैछन्’ भनेर भ्रम फैलाउन कार्य गरिएको छ । उनी नभएमा कुवेतको तेल खानी भनिने यो फाँट नै बन्द हुन्छ होला । उनीसंग कर्साव, सानु खड्का, लेखा सहसेनानीसमेत सबै दंगदास छन् ।


भित्री लेनदेनको असल मिलाप छ भन्छन् गणका देखि जान्नेहरू सबै भन्दै भ्रम फैलाउने कार्य समाचार गरिएको छ ।


सुबेदार मेजर, एफओएलका सुबेदार, सानु खड्का, कर्साव शुभ लाभ हात पार्नमा एकमत छन् । गणमा राम्रो कमाउने र अतिरिक्त आम्दानी हुने ठाउँमा काजमा जान, शान्ति सेना जान उनीहरूलाई जसरी, तसरी पनि नरिझाउनेको केही लाग्दैन । सुवेदार मेजरलाई पोखरा जान प्लेनको टिकट काटिदिनुपर्छ । तबमात्र तल्लो तहकाको कुरा सुनिन्छ । लेखामा ड्राइभरले टेबलमुनि हातमा दिनुपर्छ तबमात्र भनेको काम हुन्छ भन्ने अनर्गल प्रचार गरिएको छ ।


‘यो नेपाली सेनाको पैदल फौज होइन सर्भिस फौज यहाँ त हाकिमहरु कमाउन र बुझाउन सरुवा भएर आउने गर्छन् । चिफसाव र उनका नजिककाले आफ्नालाई कमाउन पठाउने रहेछन् । कमाए त ठिकै छ, सरकारी धन कमाए, तर फौजका जवानलाई अन्टसन्ट कुरा लगाएर, दुःख दिएर, आरोप लगाएर, साँखुल्ले बनिरहँदा हामी अति नै पीडित हुन पुगेका छौं ।’
 


  ‘कर्साव, लेखा सहसे, सुबेदार मेजर झपट, एफओएल सुबेदार खत्री, सानु जमदारको, राम्रो टिम छ र जमेको पनि छ । नेपाल आर्मीमा महिलाको सदुपयोग राम्रै भएको महसुस हुन्छ । गणमा हिजो कोही कसैको रगत पसिना थिएन, भोलि कोही चाहिंदैन, उनीहरु नै सबथोक हुन्’ साँघुमा चिठी प्रकाशित गरेर व्यक्तिगत चरित्रहत्या गर्न खोजिएको छ ।

 

‘सबै वहाँहरु नै हो, जोगिनुस् र जोगाउनुस, सबैको जय होस, हामी गण भित्रको दृश्य र शैली देखेर जिब्रो टोक्ने अवस्थामा भए पनि हामी सकल दर्जाका शुभचिन्तक हौं भन्न चाहन्छौं’ भनेर गण, गण प्रमुख र स्टाफहरुको बद्नाम गरेर भ्रम छर्न खोजिएको छ । साँघु साप्तहिक र साँघु न्यूज डटकममा प्रकाशित चिठीमा कुनै सत्यता नरहेको जानकारी गराउँदै प्रकाशित न्यूजप्रति भ्रममा नपर्न अनुरोधसमेत गर्दछौं ।

प्रतिकृया दिनुहोस