• शनिबार-श्रावण-१२-२०८१

भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक(भिडियाे सहित)

काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

  निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीले सम्पादन गरेका छन् ।

गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त रहेकाे निर्माण पक्षले दावी गरेकाे छ ।

 

 गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका छन् भने केही हिन्दी गीतमा समेत स्वर दिएका छन् ।

प्रतिकृया दिनुहोस