• शनिबार-श्रावण-१२-२०८१

नगरपालिकाकै उत्कृष्ट विद्यालय बन्ने कोसिसमा बालकुञ्ज मावि, साहित्यप्रति विद्यार्थीलाई आकर्षित गर्ने प्रयास

 

काठमाडौँ । ललितपुरको एक निजी विद्यालयले विद्यार्थीहरुलाई साहित्य लेखन सम्बन्धि तालिम दिन सुरु गरेको छ । महालक्ष्मी नगरपालिका-८, लुभुस्थिति रहेको बालकुञ्ज माविले  जेठ २८ गतेदेखि विद्यार्थीलाई कथा लेखनसम्बन्धि तीन दिने तालिम सुरु गरेको हो ।


तालिममा बाल साहित्यकार विजयराज आचार्यद्वारा कक्षा ६ देखि १० सम्म विद्यार्थीलाई कथा लेखनसम्बन्धि अभ्यास गराइएको छ । बाल्यकालदेखि नै विद्यार्थीलाई साहित्य क्षेत्रमा अब्बल बनाउनको लागि उक्त तालिम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सुशील बोगटी बताउँछन् । 


४० जना विद्यार्थीलाई कथा लेखन अभ्यास र अर्को ४० जनालाई ड्रइङको अभ्यास गराएर  जान्ने भएपछि एउटा पुस्तक छपाउने प्रधानाध्यापक बोगटीको भनाइ छ । बालसाहित्यकार आचार्य नेपाली बालसाहित्यको क्षेत्रमा समसामायिक युवा पुस्ताका एक प्रतिष्ठित बालसाहित्यकार हुन् ।  उनले बालसाहित्यको क्षेत्रमा १ सय ५० भन्दा बढी कृतिहरू लेखन, सम्पादन र अनुवाद गरिसकेका छन् । 

 
आचार्यले बालकहरूको भित्री मनलाई बुझेर नै बालसाहित्यमा हात हालेका हुन् । आचार्यको कृतिहरू बालकले मात्र होइन  युवा र वृद्धहरूले पनि त्यतिकै मात्रामा मन पराएको पाइन्छ ।


 आचार्य प्युठान जिल्लामा पिता पीताम्वर आचार्य र माता मनकला आचार्यका सातौँ सन्तानका रूपमा वि. सं. २०३३ साल माघ ९ गते साविकको दाङवाङ ४ च्यान्धारा र हालको ऐरावती गाउँपालिका–१ मा जन्मिएका थिए ।  वि. सं. २०७३ सालमा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका आचार्य स्रष्टा, सम्पादक, अनुवादक र प्रशिक्षक पनि हुन् ।

प्रतिकृया दिनुहोस