• आइतबार-असार-९-२०८१

नेता र कर्मचारीलाई घुस जति भए नि नपुग्ने, जनता खान नपाएर पासो लगाउने !

  नेपालमा काेभिड महामारीपछि आत्महत्या, हत्या र मानसिक सन्तुलन गुमाउनेहरुकाे संख्या बढ्दो छ । धारिलो हतियार प्रयोग गरी, रूखमा वा घरमा डाेरीकाे पासाेमा झुण्डिएर, विष सेवन गरेर वा पेट्रोल छर्किएर आत्महत्या हत्या गर्ने गरेको पाइन्छ । हालसालै काठमाडौंको चावहिलस्थित एकजना व्यक्तिले मादक पदार्थ सेवन गरी आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल खन्याएर आगो लगाए । उनीहरुको अवस्था गम्भीर छ ।


यो त उदाहरण मात्रै हो । अहिले देशभर यस्ता घटना दिनहुँ भइरहेका हुन्छन् ।  यता, विष पनि जथाभावी किनबेचमा रोक लगाउँदैन सरकार । सरकारलाई केही मतलब छैन, जनताले आत्महत्या, हत्या गरेपनि । कुनै पनि घटना घटेपनि त्यो किन घट्यो भनेर गहिरो अनुसन्धान गर्नुपर्ने हुन्छ ।

 

हिजो सर्वहारा वर्गको नेता हुँ भन्दै जनयुद्धको कमाण्ड गर्ने पुष्पकमल दाहाल प्रचण्ड अहिले हातमा लाखौंको घडी लगाउँछन्, दरबारमा बस्छन् । सर्वहाराकाे नारा दिएर सत्तामा पुगेका प्रचण्डले आफ्ना परिवारका सात पुस्ता उतारेका छन् ।


यदि मात्र होइन आगामी दिनमा त्यस्ता घटना हुन नदिन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्छ । तर, यहाँ त घटना घटेपछि पनि कसैलाई केही मतलब हुँदैन ।
 
पछिल्लो समय आत्महत्या र हत्या गर्नेहरु हवात्तै बढेका छन् । यो बढ्नुको कारण के हो ? भनेर सरकार वा सम्बन्धित निकाय अध्ययन गर्दैन । सामाजिक सञ्जालका कारण श्रीमान–श्रीमतीबीच उत्पन्न शंका वा विवादले पनि यस्ता घटना निम्त्याइरहेको छ ।

 

आर्थिक अभाव, बेरोजगारी र गरिबीले आत्महत्या, हत्या निम्त्याएको छ । अहिले कतिपयले बैंक तथा वित्तीय संस्था वा व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा पनि कतिपयले आत्महत्या गरिरहेका छन् ।


सहकारी, लघुवित्त, फाइनान्सले पैसा खाइदिएपछि पनि कतिपयले आफूसँगै आफ्नो परिवार पनि नाश गरिरहेका छन् । यता, लगानी डुबेपश्चात् सहन नसकेर पनि कतिपयले आत्महत्या गरेका छन् । दिनहुँ  जसाेआत्महत्या गर्ने गरेकाे खबर सुनिन्छ । आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएर कोही अस्पतालको बेडमा छटपटी रहेका छन् ।

 

अहिले बाटोमा हिँड्दा यत्तिकै माग्ने मान्छेहरु भेटिन्छन् । मिर्गौला पीडितहरु घरघरमा भिख माग्न रूँदै पुग्छन् । अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले तलबभत्ता, सेवासुविधा उपभोग गरिरहेका छन् ।


तर, सरकारलाई कुनै मतलब छैन । जनता मरेको कुकुर र कुखुराको चल्ला मरे बराबर पनि भएको छैन, सरकारलाई । मुलुकमा रोजगारी नभएपछि लाखौं नेपाली युवा विदेशिएका छन् । कतिपय बाटोमा मागेर खाइरहेको देखिन्छ त कतिपयले आत्महत्याको बाटो रोजिरहेका छन् ।
 कुनै बेला माओवादीले मादक पदार्थ सेवन गर्नेलाई समेत कारबाही गर्दथ्याे । त्यस्तै, तास खेल्नेलाई तास नै खान लगाउँथ्यो । ऋण लिएकाहरुलाई आफ्नो कार्यकर्ता बनाउँथ्यो । र, भनिन्थ्यो कि हाम्रो सरकार आएपछि सबै ऋण मिनाहा हुन्छ ।

 

अहिले सबै ऋण मिनाहा भन्ने सुप्रिम कमाण्डर प्रचण्ड नै प्धानमन्त्री रहेका छन् ।  मिटरब्याजमा ऋण लिने र दिने त्यत्तिकै छन् । बजारमा एक लाखको मासिक पाँच हजारदेखि ३० हजार ब्याजमा पैसा लगानी गरेको वा ऋण लिएको सुनिन्छ ।


   यता, एक करोडको धितो राखेर २५–३० लाख कर्जा दिने । तीन महिनादेखि एक वर्षका समय दिएर ऋण चुक्ता नतिरेर ३० लाखमा एक करोडको धितो पचाइदिने । अर्को कुरा कतिपयले साँबाब्याज बुझाउँछु भन्दा पनि धितो नदिने ।

 

अहिले व्यक्तिदेखि बैंक तथा वित्तीय संस्थाहरुले यसरी नै सर्वसाधारण लुट्दै आएका छन् । बैंकले पनि दुई करोडको धितो भएमा एक करोड कर्जा दिने त्यसबापत पनि दश लाख त घुसै खाने ।


अनि सेवा शुल्क ३ प्रतिशत, ब्याज भन्ने बेला १८ प्रतिशत भनेर ७५ प्रतिशत असुल्ने र तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा खाइदिने । अहिले बैंकहरु भन्छन्, ‘काेही पनि ऋण लिन आएन । पैसा मात्र थुप्रियो ।’


  अनि बैंकका कारण सर्वसाधारण वा ऋणीको यस्तो हालत भएको थाहा पाएपछि कोही जानाजानी डुब्न ऋण लिन जान्छन् त ? बैंकका सञ्चालकहरु ऋण लिन कोही नआएको मिडियामा दाबी गर्छन् । तर, बैंकमा ऋण माग्न गएका अधिकांश व्यक्ति बैंकका कर्मचारी, सञ्चालकले पैसा छैन भन्दै फिर्ता पठाएको बताउँछन् ।


पैसा नभएपनि भएको दाबी बैंकहरुले गरिरहेका छन् । किनकि पैसा छैन भन्यो भने त बैंक डुब्न लाग्यो भनेर बचतकर्ताले आफ्नो रकम निकाल्छन् नि  । बुढापाका भन्थे, ‘मान्छेको देखाउने र चपाउने दाँत फरकफरक हुन्छ ।’

 

हिजो सर्वहारा वर्गको नेता हुँ भन्दै जनयुद्धको कमाण्ड गर्ने पुष्पकमल दाहाल प्रचण्ड अहिले हातमा लाखौंको घडी लगाउँछन्, दरबारमा बस्छन् । सर्वहाराकाे नारा दिएर सत्तामा पुगेका प्रचण्डले आफ्ना परिवारका सात पुस्ता उतारेका छन् ।


उनले हातमा लगाएको घडीको मूल्य लाखाैं रहेको बताइन्छ । उनले घडी मात्र यत्रो महंगो लगाउँछन् भने सम्पत्ति कति होला ? उनले कति पैसा विदेशी बैंकमा थुपारेका होलान् ? अहिले प्रचण्ड आफैं प्रधानमन्त्री छन् । यहीबेला आम सर्वसाधारण गरिबी, बेरोजगारीका कारण आत्महत्या गरिरहेका छन् ।


हिजो जनयुद्ध सुरु गर्दा जनतालाई विभिन्न सपना देखाए । १७ हजार नेपालीले उनकै कारण ज्यान गुमाए । तर, अहिले ती जनताले के पाए ? प्रचण्डले आफ्नो र आफ्नो सन्ततिका लागि त पुग्ने सम्पत्ति जोडे । सर्वसाधारण जनतालाई भने अहिले पनि बिहान बेलुकाकै छाक टार्न धौ धौं पर्ने गरेको छ । केही महिनाअघि राजधानीमा एक ट्याक्सी चालकले आत्महत्या गरे ।


कोठा भाडा तिर्न नसकेर छोराछोरीसहित ट्याक्सीमा बस्दै आएका ती चालकले छोरालाई समेत आत्महत्या गर्नु भनी पठाएका थिए । आत्महत्याको प्रयास गर्दागर्दै छोराको उद्धार गरियो । तर, बाबुले भने आत्महत्या गरे । यो त उदाहरण मात्र हो । अहिले खान नपाएर वा गरिबीका कारण मानिसले आफूसँगै आफ्नो वंश नाश गरिरहेका छन् ।


  यता, सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । अहिले जनताले तिरेको करले सरकारी खर्ब समेत धान्दैन । अब सरकारले विदेशीको ऋण कसरी तिर्छ ? ऋण नतिरे विदेशीले देशै कब्जा गर्ने छ, अनि त्यो बेला सरकार के गर्छ ? आम सर्वसाधारणले राज्यलाई कर तिर्न छोडिसकेका छन् ।


जनता आफैं खाना नपाउने अवस्थामा पुगेका छन् । अनि कसले तिर्छ राज्यलाई कर ? केही दिनअघि प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरियो । उनीहरुको सम्पत्ति हेर्दा निकै धेरै देखिन्छ । अझै यो सम्पत्ति त उनीहरुको कुल सम्पत्तिमध्ये आधा पनि नहुन सक्छ । किनकि अधिकांशले आफ्नो आफन्तको नाममा सम्पत्ति लुकाएका छन् । विदेशी बैंकमा पैसा थुपारेका छन् ।


अहिले बाटोमा हिँड्दा यत्तिकै माग्ने मान्छेहरु भेटिन्छन् । मिर्गौला पीडितहरु घरघरमा भिख माग्न रूँदै पुग्छन् । अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले तलबभत्ता, सेवासुविधा उपभोग गरिरहेका छन् ।

 

कर्मचारीहरु पनि तलबभत्ता थापिरहेका छन् । सेवासुविधा उपभोग गरिरहेका छन् । कसैलाई पनि देश र जनताको चिन्ता छैन । आफ्नो भुँडी भर्नमै सबै व्यस्त छन् ।


जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरु नै तलबभत्ता र सेवासुविधा लिएर मख्ख छन् । नेता र कर्मचारीलाई जति भएपनि नपुग्ने अनि सर्वसाधारण जनता चाहिं खान नपाएर पासो लगाएर ज्यान फाल्नुपर्ने  ! फेरि यिनीहरुको विरोधमा न जनता सडकमा उत्रिन्छन् न सञ्चारकर्मी कलम चलाउँछन् ।
रुषा थापा, भक्तपुर

 

प्रतिकृया दिनुहोस