• शनिबार-श्रावण-१२-२०८१

'म निर्दोष छु भन्दा पनि फसाइयो' : सन्दीप लामिछाने

 

काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन् ।

 

उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए ।

 

'सुरुदेखि म निर्दोष छु भनिरहेँ । साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो । अपराधी करार गरिएको थियो । अन्त्यमा यहाँसम्म आइपुगेको छु,' उनले भने ।

 

उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए ।

 

 

प्रतिकृया दिनुहोस