कैलालीमा नहरको इन्टेकमा एक बालक मृत अवस्थामा फेला
धनगढी, २ जेठ । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन् ।
लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन ।
जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस