• शनिबार-श्रावण-१२-२०८१

एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा

 

काठमाडौँ । शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो ।

 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअघि नै फाइनलमा पुगेको छ । यस खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य पछाएको एपिएफले ९.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ७१ रन बनाएको थियो । 

 

एपिएफले ३ खेलमा सबैखेल जितेर ६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले २ खेलमा ४ अङ्क बटुलेको छ भने ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश २-२ खेल खेलेर अङ्कविहीन रहेका छन् ।

प्रतिकृया दिनुहोस