• शनिबार-श्रावण-१२-२०८१

जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराति सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि नजिक पुगेको छ ।

 

म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ । 

 

म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।

 

त्यसैगरी यो हारपछि टोटनह्याम आउँदो सिजनको च्याम्पियन्समा छनौंट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।

 

 

प्रतिकृया दिनुहोस