• शनिबार-श्रावण-१२-२०८१

हृदय रोगबाट बचाउने यी फल

 

हृदय शरीरका लागि अभिन्न अंग हो । यस्तो अवस्थामा हृदय स्वस्थ राख्नु एकदमै जरुरी हुन्छ । हृदय स्वस्थ राख्नका लागि यी फलहरुको सेवन गर्न जरुरी हुन्छ ।


– हृदयका लागि तरबुजा निकै फाइदाजनक हुन्छ । यसमा एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । यसले शरीरलाई हाइड्रेटेड बनाउन, रक्तचाप कम गर्न र हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । 


–सुन्तलामा भिटामिन सी प्रशस्त मात्रामा हुने गर्दछ । यसले शरीरमा प्रतिरक्षा बुस्ट गर्न मद्दत गर्दछ । साथै रक्तचाप कन्ट्रोल गर्ने र हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । 


– स्याउ स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको सेवनले खराब कोलेस्ट्रोल कम गर्ने र हृदयलाई स्वस्थ बनाउन मद्दत गर्दछ । 


–जामुन र बेरिजहरु स्वास्थ्यलाई फाइदाजानक मानिन्छ । यसमा पोषकतत्व र एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । यसले तनाव कम गर्न पनि मद्दत गर्दछ । 


– एभोकाडोमा हेल्दी फ्याट्स हुने गर्दछ, जसले कोलेस्ट्रोल कम गर्न र हृदयलाई स्वस्थ राख्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)
 

प्रतिकृया दिनुहोस