• मंगलबार-जेठ-८-२०८१

बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान


मकवानपुर, २८ वैशाख : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

 

बागमती प्रदेश मन्त्रीपरिषद्को सिफारिस अनुसार उहाँले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।
–––

प्रतिकृया दिनुहोस