• मंगलबार-जेठ-८-२०८१

आगलागीमा परी कञ्चनपुरमा एक महिलाको मृत्यु

 

कञ्चनपुर, २८ वैशाख । कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ ।

 

जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो । उनको घरमा बैशाख १९ गते १२ बजे राति आगलागी भएको थियो । 

 

उपचारको क्रममा उनको हिजो भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस