• मंगलबार-जेठ-८-२०८१

ट्रयाक्टर दुर्घटनामा परी सुस्तामा एक जनाको मृत्यु, एक घाइते

 

नवलपरासी पश्चिम, २८ वैशाख । पश्चिम नवलपरासीको सुस्तामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

 

सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा सुस्ता गाउँपालिका-५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा सुस्ता गाउँपालिका-४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।


 

प्रतिकृया दिनुहोस