• मंगलबार-जेठ-८-२०८१

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन् । आजको दोस्रो बैठक सुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

 

यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए । कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

 

जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
    

 

प्रतिकृया दिनुहोस