• सोमबार-जेठ-७-२०८१

दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

 

काठमाडौं, २७ वैशाख । दाङमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

 

घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सोधपुछ पछि होटीलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनीहरूबीच झै झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


 

 

प्रतिकृया दिनुहोस