• आइतबार-जेठ-६-२०८१

कांग्रेस संसदीय दलको बैठक विहीबार बस्दै

 

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहीबार बस्ने भएको छ ।

 

कांग्रेसले शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहीबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

 

यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।
 

 

प्रतिकृया दिनुहोस