• आइतबार-जेठ-६-२०८१

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् ।

 

सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाइ स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउँदै आएका छन् ।

 

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- 'तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस् । तथ्य र प्रमाणले साबित गर्नुहोस । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।'

 

सन्दीपले आफ्नो पोष्टमा यो घटना कसैले नियोजित रुपमा गराएको आरोप समेत लगाएका छन् । उनले भनेका छन्- 'यो घटनाको निर्दोष पात्र हुँ । मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईँहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । वास्तबिक अनुहार आफैं निस्केला ।'
 

 

प्रतिकृया दिनुहोस