• आइतबार-जेठ-६-२०८१

बझाङमा चट्याङ लागेर चार जना घाइते

 

बझाङ, २५ वैशाख । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन् । खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । 

 

एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । चट्याङ लागेर फिट्टु खड्काकाे  परिवार बेलु देवी खड्का उनका ८ वर्षीया छाेरा एकेन्द्र बहादुर खड्का घाइते भएका छन् । 

 

चट्याङकै कारण उनका छिमेकि लुड्की देवी खड्का र दुदादेवी रावत पनि घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकि रहेको प्रहरीको भनाइ छ ।

 

 

प्रतिकृया दिनुहोस