• आइतबार-जेठ-६-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : पञ्जावमाथि चेन्नई २८ रनले विजयी

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

 

आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो । चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाव ले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

 

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको ११ खेलमा १२ अंक भएको छ । त्यस्तै पञ्जावको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ ।
        

 

प्रतिकृया दिनुहोस