• शनिबार-जेठ-५-२०८१

अष्ट्रेलियाकी एक महिला सांसदमाथि यौन दुर्व्यवहार !

 

काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् ।

 

ब्रिटनी लाउगाले एक इन्स्टाग्राम पोस्टमा उनीमाथि निर्वाचन क्षेत्र येप्पुनमा हमला भएको बताएकी हुन् । ३७ वर्षीय अष्ट्रेलियाली सांसद पहिले अप्रिल २८ मा प्रहरीमा गएकी थिइन् र त्यसपछि अस्पताल पुगेकी थिइन् । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

लाउगाले इन्स्टाग्राम पोस्टमा लेखेकी छन्, 'अस्पतालमा गरिएको परीक्षणले मलाई औषधी दिइएको थियो । यी औषधीले आफ्नो शरीरमा असर गरेको र उनीहरुको सम्पर्कमा आएका सबै महिलालाई लागूऔषध खुवाइएको थियो ।' उनले भनिन्- 'यो ठीक होइन । हामीले लागूऔषध खुवाइने र आक्रमणको डर नराखी हाम्रो सहरमा सामाजिक रूपमा काम गर्न सक्नुपर्छ ।' 

 

उजुरीका आधारमा यस विषयमा यिपुनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले यस विषयमा हाल अन्य कुनै उजुरी नपरेको बताए । प्रहरीले यस विषयमा कुनै जानकारी भएमा अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

क्वीन्सल्याण्डको आवास मन्त्री मेगन स्क्यानलनले घटनालाई स्तब्ध र डरलाग्दो भएको बताएकी छिन् । उनले भने, 'ब्रिटानी क्वीन्सल्याण्ड संसदमा एक सहकर्मी, एक साथी, एउटी युवती हुन् । यो पढेर म धेरै छक्क परें ।' उनले महिला घरेलु, पारिवारिक र यौन उत्पीडनको सिकार हुनु अस्वीकार्य रहेको बताइन् ।

 

 

प्रतिकृया दिनुहोस