• शनिबार-जेठ-५-२०८१

सेनाद्वारा कोल्टीबाट सुत्केरी र गर्भवतीकाे उद्धार

बाजुरा, : बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट वैशाख २२ गते दुई जनाको उद्दार गरिएको छ ।

 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया ईश्वरी कार्की र  स्वामी कार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

 

    १० दिनकी गर्भवती कार्कीलाई उच्च ब्लड प्रेसरका कारण थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको डा प्रतीक न्यौपानेले जानकारी दिनुभयो ।  उहाँकाअनुसार कार्कीको ब्लड प्रेसर नघटेको र दैनिक रुपमा बढ्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएपछि रिफर गरिएको छ ।

 

त्यसैगरी गर्भवती महतराको पहिलो सन्तान पाउनेबेला पनि अप्रेशन गरेको र दोस्रो सन्तानसमेत अप्रेशन गर्नुपर्ने भएकाले जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको डा न्यौपानेले बताउनुभयो ।

 

    सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।


  दुबै जनालाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ ।  जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएदेखि हालम्म जिल्लामा ३० जनाभन्दा बढी महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको पौडेलले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस