• शनिबार-जेठ-५-२०८१

राष्ट्रपति पौडेलद्वारा विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

 

अमेरिका र बेस्ट इन्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेका हुन् ।

 

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।

 

 

प्रतिकृया दिनुहोस