• शनिबार-जेठ-५-२०८१

कर्णाली नदीमा ३० वर्षीया महिलाको शव फेला

 

बाजुरा, २२ वैशाख । बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

 

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 

मृत महिलाको पहिचान खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

 

 

प्रतिकृया दिनुहोस