• शनिबार-जेठ-५-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : मुम्बईमाथि कोलकाता २४ रनले विजयी

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

 

गएराति सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो । कोलकाताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकाताले २४ रनले जितेको थियो । यसअघि कोलकोताले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुँदै १६९ रन बनाएको थियो 

 

यो कोलोताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस