• शनिबार-श्रावण-१२-२०८१

धनियाँको पत्ताको जुस पिउनुका फाइदा जान्नुस्

 

धनियाँको पत्तामा औषधीय गुण हुने गर्दछ । यसको जुस सेवनले स्वास्थ्यमा निकै फाइदाजनक हुन्छ । धनियाँको पत्तामा पोटासियम, क्याल्सियम, भिटामिन सी, म्याग्नेसियम र एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । यस्तो अवस्थामा यसको सेवनले कयौं समस्यामा राहत प्रदान गर्दछ । 

धनियाको पत्तालाई पानीमा ग्राइन्ड गरेर त्यसलाई छानेर त्यसमा कागतीको रस वा नुन मिलाएर पिउन सकिन्छ । 


–धनियाँको पत्ताको जुसको सेवनले कब्जियत र ग्यासजस्ता पाचनसम्बन्धी समस्यामा राहत प्रदान गर्दछ र स्वास्थ्य राम्रो बनाउँदछ । 


–धनियाँको पत्तामा धेरै पोषकतत्व हुने गर्दछ जसले प्रतिरक्षा प्रणाली विकास गर्दछ । 


–धनियाँको पत्ताको जुसको सेवन गर्नाले मेटाबोलिज्म बलियो बनाउँदछ र तौल घटाउन पनि मद्दत गर्दछ ।


–यसको सेवनले शरीरलाई हाइड्रेट गर्न मद्दत गर्दछ । 


–धनियाँको पत्तामा एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८० वैशाख १७)
 

प्रतिकृया दिनुहोस