• बुधबार-जेठ-९-२०८१

वेस्टइन्डिज ’ए’द्धारा नेपालसामु जितका लागि २२८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २ सय २८ रनको लक्ष्य दिएको छ ।


टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।


उसका लागि ओपनर जोन्सन चार्ल्सले ११९ रनको शतकीय पारी खेले । त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रन र फाबियन एलनले १९ रन बनाए  ।

 


नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिकृया दिनुहोस