• मंगलबार-जेठ-८-२०८१

मनिषा कोइरालाको 'हिरामण्डी' आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियर शो

 

मुम्बई, १९ बैशाख । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् । 

 

यसैबीच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ वलिउड स्टारहरुको जमघट आयोजना गरिएको थियो । लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।


स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देशी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडेली र्‍यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।

 

हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् । ‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए । 

 

यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनिषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।

 

 

प्रतिकृया दिनुहोस