• बुधबार-जेठ-९-२०८१

चालू वर्षको ४ महिनामा ५० अर्बभन्दा बढीको द्रुत ढुवानी व्यावसाय

चिनियाँ राष्ट्रिय ढुवानी व्युरोको तथ्यांक अनुसार, चालु वर्षको अप्रिल २९ तारिखसम्ममा चीनको द्रुत ढुवानीको व्यावसाय मात्रा ५० अर्ब नाघेको छ। अहिलेसम्म हरेक दिन १० करोड भन्दा बढीका द्रूत ढुवानीका पार्सल ग्रामीण क्षेत्रहरूमा पठाइँदैछन्।


चालु वर्षदेखि नै चीनको मध्य र पश्चिम क्षेत्रमा द्रुत ढुवानी व्यावसायको मात्रा तीव्रसँग थपिएको छ जुन सो उद्योगको विकासको लागि महत्तवपूर्ण शक्ति बनिरहेको छ।


सम्बन्धित तथ्यांक अनुसार, चालु वर्षमा चीनको सिन्च्याङमा द्रुत ढुवानी उद्योगहरूले नेटवर्क वाणिज्यसँग संयुक्त रूपमा गुणस्तरीय सेवा परियोजनालाई अघि बढाउने गरिएकोले सिन्च्याङमा हरेक दिन द्रुत ढुवानी मात्रा १० लाख पुगेको छ।

CRI Nepali Service

प्रतिकृया दिनुहोस