• बुधबार-जेठ-९-२०८१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।


राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो । 


त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा झरेको  । मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो । 

 

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा पुगेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको हो । 

 

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस