• बिहीबार-जेठ-३-२०८१

इलाममा एमालेका सुहाङसँग कांग्रेस उम्मेदवार २८ सय ५३ मतले पछि, बझाङमा कांग्रेसलाई ८३ मतको अग्रता

 

इलाम, १७ बैशाख । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राखेका छन् । नेम्वाङ नौ हजार ४ सय ८४ मत प्राप्त लिड गरिरहेका छन् । 

 

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ६ सय ३१ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले चार हजार ९५१ मत प्राप्त गरेका छन् । 

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४०१ मत प्राप्त गरेका छन् । 

 

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

 

बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८३ मतको अग्रता लिएका छन् । सिंह ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारी ९ हजार ८४  मतका साथ कडा प्रतिस्पर्धामा छन् ।

 

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याएका छन् ।

 

 

प्रतिकृया दिनुहोस