• आइतबार-बैशाख-३०-२०८१

इलाम -२ मा कांग्रेसको अग्रता, पछ्याउदै सुहाङ

 

इलाम । इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।

 

जसमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका  मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

 

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस