• आइतबार-बैशाख-३०-२०८१

खरबारीमा लगाएको आगोमा परी डडेल्धुरामा एक जनाको मृत्यु

 

काठमाडौं, १६ बैशाख । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ । 

 

नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै खेतबारीको घेराबार हाल्नको लागि झिक्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए ।

 

 

प्रतिकृया दिनुहोस