• शुक्रबार-बैशाख-२८-२०८१

आर्मीलाई हराउँदै भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई


भोजपुर, १५ वैशाखः सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–५ गोलअन्तरले हराउँदै चर्च ब्जाइजले उपाधि जितेको हो ।

 

निर्धारित समयमा एक–एक गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआइटमा चर्च ब्वाइजले दुई–चार गोल गर्दै जित हासिल गरेको हो । 

 

विजेता चर्च ब्वाइजले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता त्रिभुवन आर्मीले नगद रु तीन लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालले जानकारी दिनुभयो । 

 

भोजपुर रङ्गशालामा सम्पन्न भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टिमको सहभागिता थियो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख ९ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।
---

 

 

प्रतिकृया दिनुहोस