• आइतबार-बैशाख-२३-२०८१

विहारको एक होटलमा आगलागी : तीन महिलासहित ६ जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

 

काठमाडौँ । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

 

आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।
 

 

प्रतिकृया दिनुहोस