• सोमबार-बैशाख-२४-२०८१

वेस्ट इन्डिज 'ए' टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !

 

काठमाडौँ । बुधबार काठमाडौँ आइपुगेको वेस्ट इन्डिज 'ए' टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिँदै गरेको तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । 

 

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज जस्तो टिम आउदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ । वेस्ट इन्डिज 'ए' टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटकमै फितलो व्यवस्थापन गरेर क्यानले ठूलो लापरवाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ । 

 

सामान्यतया विदेशी टिम आउदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ । नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज 'ए' टिम काठमाडौँ आएको छ । 

 

यो सिरिज बैशाख १५ गतेदेखि सुरु हुँदै छ । 
    

 

प्रतिकृया दिनुहोस