• शुक्रबार-बैशाख-२१-२०८१

‘नमेटिने घाउ’ मा एमाले अध्यक्ष ओलीको अभिनय

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् । मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् । 

 

एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । 

 

एसिडपीडितको बारेमा बनाइँदै गरेको यस फिल्ममा यस अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका थिए । 

 

 

 

प्रतिकृया दिनुहोस