• शनिबार-बैशाख-२२-२०८१

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

 

काठमाडौँ । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो । 

 

फिल्मका लागि पहिलो दृश्य अभिनेता सौगात मल्लले दिएका छन् । एक महिनाको छायांकन तालिका राखिएको फिल्म सामाजिक सञ्जालमा भाइरल हुन जेसुकै गर्ने पात्रको कथामा फिल्म बन्ने बताइएको छ । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ ।

 

फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहने फिल्मको छायांकन गोरखा र चितवनमा पनि गरिनेछ । 

 

 

प्रतिकृया दिनुहोस