• शनिबार-बैशाख-२२-२०८१

एसीसी प्रिमियर कप : नेपाल हङकङसँग ४ विकेटले पराजित

 

काठमाडौँ । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

 

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस  जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए ।

 

त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्बाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक-एक विकेट लिएका थिए । यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एसिया कपका लागि छनौट भएको छ । इमर्जिङ टिम्स एसिया कपमा ओमान, यूएई र हङकङ छनौट भएको छ ।

 

एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहँदै एसिया कप र इमर्जिङ टिम्स एसिया कप दुवैमा छनौट हुन असफल भएको छ ।

 

 

प्रतिकृया दिनुहोस