• बिहीबार-बैशाख-२०-२०८१

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

 

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् ।

 

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस