• बुधबार-बैशाख-१९-२०८१

रामहरि श्रेष्ठ प्रकरणमा अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने

 

काठमाडौँ, ६ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग रमिला श्रेष्ठले आज भेट गरी आफ्ना पति रामहरि श्रेष्ठको हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न माग गर्नुभएको छ । 

 

गृहमन्त्रालयमा भएको भेटका क्रममा गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष अनुसन्धान हुने र अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने जनाउँदै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो । 


मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पार्नुभयो ।  सो क्रममा रमिलाले आफूमाथि सुरक्षा चुनौती बढेको उल्लेख गर्दै दोषीलाई हदैसम्मका कारबाही हुनुपर्ने माग गर्नुभयो । 


घटनाको १६ वर्षपछि आरोपित कालीबहादुर खाम पक्राउ पर्दा न्यायको आश जागेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 
–––

प्रतिकृया दिनुहोस