• बिहीबार-बैशाख-२०-२०८१

यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

 

काठमाडौं । यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

 

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।

 

यूएईमा दुई दिनदेखि भएको भीषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । 

 

यूएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठूलो भएको बताइएको छ ।
 

 

प्रतिकृया दिनुहोस