• बिहीबार-बैशाख-२०-२०८१

यी व्यक्ति पैदल यात्राबाटै घुमे सोह्र देश 

 

म्याराथन धावक रेसल कुकले १६ देशमा पैदल यात्रा गरेरै च्यारिटीका लागि १० करोडभन्दा बढी रकम जुटाएका छन् । बेलायतका म्याराथन धावक रसेल कुक २७ वर्षका भए र उनले २०२३ अप्रिल ७ बाट यात्रा सुरु गरेका थिए । अफ्रिकाको दक्षिण विन्दु एल अगुलहास गाउँबाट दौड सुरु गरेका उनले ३५२ दिन लगाएर १६ हजार किलोमिटर दौडिएका छन् । कतै फुड प्वाइजन तथा कतै लुटपाटले पीडित बनेका रसेलले ट्यूनिसियामा आफ्नो यात्रा अन्त्य गरेपछि उनको भव्य स्वागत पनि गरिएको थियो । रसेलले नामिबिया, अंगलो, कंगो, क्यामरुनलगायत १६ वटा अफ्रिकी मुलुक पार गरेका हुन् । उनलाई हार्डेस्ट गिजर नाम पनि दिइएको छ ।  (साँघु साप्ताहिक २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस