• मंगलबार-बैशाख-१८-२०८१

श्रीमान, श्रीमतीको झगडा राष्ट्रिय लज्जा बन्याे ! मुखमै आएको मुख्यमन्त्री पद गुम्याे !!

श्रीमान रेशमलाल चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं । श्रीमान श्रीमतीको झगडा परालको आगो बन्ने चलन थियो ।  समयसँगै कहावत पनि फेरियो । र, श्रीमान श्रीमतीको झगडा राष्ट्रिय लज्जाजस्तो भएको छ । नागरिक उन्मुक्ति पार्टीमा देखिएको झगडाले त्यही संकेत गरेको छ ।

 

श्रीमान रेशमलाल चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ चौधरीवीच चर्केको झगडाले नवगठित पार्टीको भविष्यमात्रै डामाडावल भएको छैन, मुखमै आएको मुख्यमन्त्री पनि गुमेको छ ।  


  नयाँ भनिएका पार्टीहरु झन् खराब हुन भन्ने जस्तो सन्देश दिएका छन् ।  अनि पश्चिम नेपालका थारुहरुले आफ्नो पार्टीको रुपमा बुुझ्ने मौका पनि गुमेको छ । नागरिक उन्मुक्ति  पार्टीमा रेशम र रञ्जिताको घरझगडाले मुखमा आएको मुख्यमन्त्री पद गुम्ने स्थितिमा पुगेको हाे ।

 

रेशमले लक्ष्मण चौधरीलाई अगाडि सारेर कांग्रेससँग गठबन्धन गर्न खोजेका छन् भने रञ्जिताले कैलाश चौधरीलाई अगाडि सारेर एमाले र माओवादीसँग गठबन्धन गर्न खोजेकी छिन् । त्यसैले, दुवैजनाको  मुख्यमन्त्रीमा दावी पर्दा नागरिक उन्मुक्ति पार्टी विभाजनमात्रै हुन सकेको छैन बाँकी सबै काम  भएका छन् ।


   पार्टी पहिलो चुनावबाट प्रदेशमा ७ सिट ल्याएर मुख्यमन्त्री हुने मौका पाएको थियो । बाध्यताले नै गर्दा एमाले र माओवादी मुख्यमन्त्री दिन तयार भएका थिए । घरझगडाकै कारण त्यो मौका गुमाएर एकीकृत समाजवादीको भागमा मुख्यमन्त्री परेर उन्मुक्तिले नपाउने स्थिति बन्न थालेको छ । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन अन्तिममा रञ्जिता पनि सहमत भएकी छिन् ।


   आफ्नो पक्षमा सांसद संख्या कम भएपछि रञ्जिता उक्त  निर्णय मान्न सहमत भएकी हुन् । उनीहरुको घरझगडा नभएको भए एकीकृत समाजवादीले पनि मुख्यमन्त्री दावी गर्न हैसियत राख्ने थिएन । त्यसैले, घरझगडाले गर्दा कतिसम्म गुमाउनुपर्छ भन्ने उदाहरण पनि उनीहरुको झगडा नै बनेको छ ।

प्रतिकृया दिनुहोस