• मंगलबार-बैशाख-१८-२०८१

बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

 

काठमाडौँ । पीएसजी यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । 

 

गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।  क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो । 

 

बार्सिलोनाको घरेलु मैदानमा पीएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक-एक गोल गरेका थिए । 

 

त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । 

 

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ । डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गएराति नै ४-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । पहिलो लिगमा एटलेटिको २-१ ले विजयी भएको थियो । 

  

 

प्रतिकृया दिनुहोस