• शनिबार-असोज-५-२०८१

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

 

जनकपुरधाम । मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

 

जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो । जनमत पार्टीले कार्यव्यवस्था समितिको बैठक नबसी संसद संचालन गरेको भन्दै विरोध गरेका थिए ।
 

प्रतिकृया दिनुहोस