• मंगलबार-बैशाख-१८-२०८१

करेलाको जुस हप्तामा कति दिन पिउने ?

 

अधिकांश मानिसलाई करेल मन पर्दैन । तर यही करेला स्वास्थ्यका लागि भने एकदमै फाइदाजनक मानिन्छ । त्यसैगरी, करेलाको जुस हरेक दिन पिउनु पनि फाइदाजनक हु“दैन । हप्तामा कति दिन करेलाको जुस पिउ“दा उपयुक्त हुन्छ, त्यसबारे सूचित हुनैपर्दछ । 


–करेलाको जुस विशेषगरी विहान खाली पेटमा सेवन गर्नु उपयुक्त हुन्छ । 


–करेलाको जुसमा कागतीको रस वा बिरेनुन मिलाएर सेवन गर्न सकिन्छ । यसमा अमला वा एलोभेरा पनि मिसाउन सकिन्छ । 


–यसले शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्दछ । साथसाथै भिटामिन सी र एन्टीअक्सिडेन्टले पनि करेला भरिपूर्ण छ । 


–तितेकरेलाले रक्तचाप नियन्त्रण गर्दछ । यसमा हुने पोटासियमले रक्तचाप नियन्त्रण गर्दछ । 


–तितेकरेलाको जुस मधुमेहका विरामीका लागि पनि फाइदाजनक छ । यसमा एन्टी डायबेटिक गुण हुने गर्दछ, जसले सुगरलाई नियन्त्रणमा राख्दछ । 


–गर्भवती अवस्थामा करेलाको जुस भने सेवन नगरौं । साथसाथै यसले पखाला लाग्ने, पेट दुख्ने समस्या पनि सिर्जना गर्न सक्छ । 


त्यसैले करेलाको जुस विज्ञ वा चिकित्सकको सल्लाहमा मात्र पिउने गरौं ।  ((साँघु साप्ताहिक, २०८० चैत २६)

प्रतिकृया दिनुहोस